Dreams turned into goals, and goals turned into reality
के तपाईको नशा फुलेको छ ? यसको उपचार घरमै सम्भव छ, यसो गर्नुहोस
################################################################################
शरीरको माथिल्लो सतह हात, पाखुरा, पिँडुला लगायतको अंगमा माकुराको जालो वा रुखको हाँगा जस्तो खुम्चिएर बसेको नशालाई फुलेको नशा भनिन्छ । मेडिकल भाषामा यसलाई ‘डिसएप्पियर भेरीकोस भेन्स ‘ भनिन्छ । यस्तो नशा फुलिएको हामीले सजिलै देख्न सक्छौं ।
छालामा हल्का रातो तथा निलो रंगजस्तो देखिने गर्दछ । विशेषगरी पाखुरा र पिँडुलामा यस्तो समस्या बढि देखिने गर्दछ । यस्तो समस्या हामी आफैले देख्न सक्छौं । यस्तो समस्या ५० वर्ष उमेर कटेपछि धेरै मानिसहरुलाई हुने गर्दछ । झट्ट हेर्दा सामान्यजस्तो लागेपनि यसले स्वास्थ्यमा गम्भीर समस्या सिर्जना गर्न सक्ने चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुका अनुसार नशाको भल्भ (नलीको द्वार) खराब भएपछि यस्तो समस्या देखिने गर्दछ ।
नशामा अत्याधिक रक्त सञ्चारको दबाब अर्थात उच्च रक्तचाप हुनेहरुलाई यो समस्या झन् खतरनाक हुन सक्छ । यस्तो समस्याको उपचार गर्न अस्पतालमा ज्यादै महगों पर्ने भएकोले सबैले उपचार गर्न सक्दैनन् । तर आयुर्वेदिक चिकित्सकहरुले भने यस्तो समस्या भएमा घरमै सजिलै उपचार गर्न सकिने बताएका छन् ।
कसरी गर्ने त घरेलु आयुर्वेदिक उपचार ?
सर्वप्रथम औषधि बनाउन आवश्यक पर्ने आधा कप घिउकुमारी (एलोभेरा), स्याउबाट बनेको अमिलो (एप्पल साइडर भिनेगर) र आधा गाँजर ठिक पार्नुहोस् । अब गाँजरलाई मसिनो गरी काटेर घिउकुमारीसँग मिसाई पिंधेर लेदो (पेष्ट) बनाउनुहोस् । त्यसपछि गाँजर र घिउकुमारीको लेदोमा स्याउबाट बनेको अमिलो (एप्पल साइडर भिनेगर) मिसाएर एउटा सुरक्षित भाँडोमा राख्नुहोस् ।

यसरी तयार भएको मल्हम फुलेको नशा वरीपरी राम्ररी लगाउनुहास् त्यसको ठीक आधा घण्टा पछाडि चिसो पानीले धुनुहोस् । यसरी आयुर्वेदिक औषधि निरन्तर एवं महिना लगाउनुहोस् तपाँइको फुलेको नशा विस्तारै हराउने छ । तर तपाइको उमेर अनुसार लगाउनु पर्ने समय केहि घटबढ हुन सक्छ । एजेन्सीको सहयोगमा
################################################################################
################################################################################